इलाममा चक्कु प्रहार गरी आफ्नै दाजुको हत्या

ईलाम ।
इलाम सन्दकपुर गाऊपालिका १ ,चाँपगैरीका ३० बर्षीय चक्र मुखियाले चक्कु प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् ।
सोमबार बेलुका राती ७ बजे काका मान बहादुर मुखियाको घरमा मादक पदार्थ सेवन गरी सामान्य बिबाद हुंदा उनले दाजु ३५ बर्षीय ईच्छा मुखियालाई चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट ईच्छाको घटनास्थलमानै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी चौकी बिप्लाटेबाट प्रहरी टोली खटि गई चक्कु सहित चक्र मुखियालाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामले थप अनुसन्धान गरिरहेको छ ।