कसेनीमा ट्याक्टर पल्टदा २ जनाको मृत्यु

मोरङ ।
मोरङको बेलबारी नगरपालिका ५ कसेनिमा ट्याक्टर पल्टदा २ जना सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका १ का २२ बर्षीय बिजय हेमरन र १५ बर्षीय अबिनाश मनण्डी रहेका छन् ।

सोमबार बेलुका ८ बजे को २ त.८६८८ नम्बरको ट्याक्टर ईन्द्र दर्जीको खेत जोतेर बाटोमा निस्कने क्रममा पल्टिएको थियो । ट्याक्टर पल्टिदा घाईते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको हो ।
ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ बर्षीय आईति सतार टुडु ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।