मोरङ ३(ख)मा काङ्ग्रेस कोइराला समुहको उमेद्वारी घोषणा :सभापतिमा जगतलाल चौधरी

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिबेशन अन्तर्गत मोरङको क्षेत्र नम्बर ३ (ख) को अधिबेसनका लागि कोईराला समूहले उम्मेदवारी घोषणा गरेको छ । सो समुहले जगतलाल चौधरी सभापतिको उमेदवार रहेको प्यानल घोषणा गरेको हो ।
बेलबारी १ स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गरिएको हो । कोइराला समुहले सभापतिका लागि सुन्दरहरैचा ११ का जगतलाल चौधरी,उपसभापतिमा सुन्दरहरैचा १ का प्रकाश मास्के र बेलबारी ११ की कल्पना बिमली क्षेत्री सचिबमा बेलबारी २ का कमल लिम्बु (तिलक) र सुन्दरहरैचा ९ का जय सिटौला,सहसचिबमा बेलबारी ९ का सम्पतलाल खवास र सुन्दरहरैचा ८ का जनक खत्रीको उम्मेदवारी घोषणा गरेको हो ।
उएद्वारी घोषणा कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य डा.सुनिल शर्मा,महासमिति सदस्यहरु लोकप्रसाद संग्रौला,नगेन्द्र जमरकटटेल,महेन्द्र सुवेदी,ललित श्रेष्ठ,नेपाली काँग्रेसका जिल्ला सदस्य राजकुमार लिम्बु लगायत सहभागी थिए ।
उमेदवार तय गर्दा सबै जाती क्षेत्र भुगोललाई समेटिएको साथै मतदाता क्षेत्रीय प्रतिनिधि संख्यामा पनि अत्यधिक बहुमत रहेकाले जित सुनिस्चित रहेकोे सो समूहले दाबी गरेको छ ।