पानी जमेको खाल्डोमा डुबेर सुनसरीमा २ बालकको मृत्यु

सुनसरी
सुनसरीको गढी गाउँपालिका–६ मा रहेको कोशी ईट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ । उक्त ईट्टा भट्टाका कामदार भारतिय नागरीक सरोद बरमडका ४ बर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ बर्षीय छोरा पियाउ बरमडको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

आईतवार अपरान्ह ४ बजेको समयमा उक्त स्थानमा खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेको अबस्थामा उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा बाटैमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।