३८ प्रतिशत नागरिकले लगाए कोरोनाबिरुद्धको पुर्ण मात्रा खोप

पछिल्लो २४ घण्टामा ७४ हजार चार सय ५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यो सँगै अहिलेसम्म पूर्ण मात्रा खोप लगाउनेको संख्या ७५ लाख ८० हजार एक सय ३३ पुगेको छ ।

यस्तै ८८ लाख ७६ हजार तीन सय सात जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १८ वर्षमाथिको जनसङ्ख्याको ३८ प्रतिशत नागरिकले पूर्ण मात्रा र ४४ दशमलव ६ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।