देशभर चार सय १६ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार चार सय दुई जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ३५ प्रतिशत अर्थात् चार सय १६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
आज थपिएका चार सय दुई जनासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १७ हजार तीन सय ३३ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा दुई सय ७० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९८ हजार पाँच सय ४४ पुगेको छ ।

यही अवधिमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ७८ पुगेको छ ।

अहिले नेपालमा सात हजार तीन सय ११ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.