लागू औषध मुद्दाका फरार प्रतिबादी पक्राउ

बिराटनगर ।
लागुऔषध मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहेका १ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला अदालत सुनसरीको मिति २०७६÷२÷२९ गतेको फैसला आदेशले ९ महिना २७ दिन कैद र ५० हजार जरिवाना सजाय तोकिएका धरान उप–महानगरपालिका–१६ का ३१ बर्षिय रुपेश सापकोटा रहेका छन् ।

लागुऔषध मुद्दामा फैसला भएता पनी हाल सम्म फरार रहदै आएका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कार्तिक २६ गते पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालत सुनसरीमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी क्षेत्रीय कारागार झुम्का पठाईएको जनाइएको छ ।