लागूऔषध सहित ३ पक्राउ

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर ।
उदयपुर र मोरङबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका १० का ३५ बर्षीय पेशस घिमिरे, त्रियुगा नगरपालिका १२ का २१ बर्षीय बिष्णु साह र सुनसरी दुहबी नगरपालिका ३ का २३ बर्षीय शिवा चौधरी रहेका छन् ।

शनिबार दिउसो पौने ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ बैकलाईनबाट घिमिरे र साहलाई लागूऔषध नाईट्राभेट २२५ ट्याब्लेट र १०० ग्राम गाँजा सहित पक्राउ गरेको हो । आइतबार बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १५ स्थित २ नम्बर ढाटबाट चौधरीलाई डाईलेक्स डिसी ३ बोतल र नाईट्रोसन १०० ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।