झापाबाट ब्राउन सुगर सहित एक पक्राउ

झापा ।
झापा अर्जुनधारा नगरपालिका ११ बसपार्कबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का ३४ बर्षीय सुबास खवास रहेका छन् ।

शनिबार राती ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले खवासलाई ब्राउन सुगर १ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।