सुज अभियान अन्तर्गत बेलबारीबाट २८० जना जसपामा प्रवेश

बेलबारी ।
जनता समाजवादी पार्टीको संगठन सुदृढिकरण तथा जनजागरण अभियान (सुज अभियान) अन्तर्गत सोमबार बेलबारीमा जनजागरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । उक्त जनजागरण तथा पार्टी प्रवेश कार्यक्रममा पुर्वउपप्रधानमन्त्री तथा पार्टि अध्यक्ष उपेन्द्र यादवको समेत उपस्थीति रहेको थियो ।
बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेपालको संविधाननै त्रुटिपुणर् रहेको बताए । नेपालको संविधानले सबैलाई समावेशी रुपमा समेट्न नसकेको बताउदै जसपाले केन्द्र देखी स्थानीय निकायसम्म समान रुपले सबै जाती, समुदायलाई समेट्ने प्रयास गरेको समेत उनले स्पष्ट पारे ।
कार्यक्रममा विभिन्न पार्टि परीत्याग गरी २८० जना जसपामा प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष यादवले अविर र माला लगाई स्वागत गरेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश नंम्बर १ का अध्यक्ष प्रविण चाम्लिङ, केन्द्रिय सदस्य सन्जय सिंह, केन्द्रिय सदस्य रामविलास यादव, प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जयराम यादव लगायतको उपस्थीति रहेको थियो ।