ब्राउन सुगर सहित झापाबाट एक पक्राउ

झापा ।
झापा मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का २२ बर्षीय प्रदिप बस्नेत रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका बस्नेतको ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।