सुनसरी ।
सुनसरीको दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका १० वसियनपार्कका ४५ बर्षीय धन प्रसाद राई र धनकुटा पाख्रीबास नगरपालिका १० घर भई हाल ईटहरी उपमहानगरपालिका १७ स्थित दिदिको घरमा बस्दै आएको १४ बर्षीय दगेन्द्र तिमल्सिना रहेका छन् ।
शनिबार दिनको ३ बजे घरको पिलर लगाउने क्रममा भाईब्रेसन मेसिनबाट करेन्ट लागी घाईते भएका तामाङको उपचारको बिराट टिचिङ अस्पतालमा पुर्याउन साथ मृत्यु भएको थियो । तिमल्सिनाको घर नजिकै नहरको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागी घाईते भई उपचारको लागी बिराट टिचिङ अस्पताल लादा लादै बाटैमा मृत्यु भएको थियो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।