ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु

धनकुटा ।
धनकुटा पाख्रिबास नगरपालिका ८ लुम्बुवा टोल स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाख्रिबास नगरपालिका ७ थाक्ले बस्ने २१ बर्षीय टंक बहादुर तामाङ रहेका छन् ।

शनिबार दिउसो साढे दुई बजे पाख्रिबासबाट घामे तर्फ जादै गरेको को २ त १०४३ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाकटरको ईन्जिनको भागले च्यापेर चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।