गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट ३ पत्रकार पुरस्कृत


गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट मोरङका ३ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन मोरङले बेलबारीमा शुक्रबार आयोजना गरेको कार्यक्रममा पत्रकारहरु शेखर रेग्मी,कुमोद अधिकारी र दिनेश गिरी पुरस्कृत भएका हुन् । बेलबारी १ स्थित वुद्धिष्ट गुम्बामा आयोजित पुरस्कार समर्पण तथा सम्मान कार्यक्रममा नेपाल सरकारका रक्षामन्त्री मिनेन्द्र रिजालले पुरस्कार प्रदान गर्नुभएको हो । रेग्मी र अधिकारी विराटनगरमा कार्यरत पत्रकार हुन् भने गिरी बेलबारीमा सञ्चालित अनलाइन निरन्तर खबर डट कमका सम्पादक हुन् । प्रेस युनियनका पुर्व केन्द्रिय उपाध्यक्ष,अधिकारी नेपाल प्रेस युनियनमोरङका पुर्वअध्यक्ष र गिरी प्रेस युनियन मोरङका पुर्वकोषाध्यक्ष समेत हुन् ।
अघिल्लो वर्ष पुरस्कार वितरण हुन नसकेकाले र यस वर्षको समेत गरेर ३ जनालाई पुरस्कृत गरिएको प्रेस युनियनले जानकारी दिएको छ । पुरस्कारको राशि जनही नगद १५ हजार रुपैयाँ रहेको छ । पुरस्कृत तिनै जनलाई मन्त्री रिजालले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रेस युनियनमा आवद्ध रहेका पत्रकारमध्ये गत वडा अधिवेसनहरुमा क्षेत्रिय प्रतिनिधि निर्वाचित हुने पत्रकारलाई वधाईसहित सम्मान समे गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री मिनेन्द्र रिजालले गिरीजाप्रसाद कोइरालाको राजनितिक व्यक्तित्वको स्मरण गरेका थिए । मन्त्री रिजालले वर्तमान अवस्थामा कांग्रेसले कसैलाई एक्ल्याउने भन्ने उद्देश्यले कसैलसँग मिल्ने कुरा गर्न नहुने समेत बताए । संविधानको रक्षा ,लोकतन्त्रको रक्षा जस्ता महत्वपुर्ण उदेश्यले गठबन्धन र सहकार्य भएपनि कसैलाई एक्ल्याउने अरुको उद्देश्यका लागि कांग्रेस प्रयोग हुननहुने रिजालको जोड थियो ।
कार्यक्रममा कांग्रेस मोरङ सभापति डिकबहादुर लिम्बु,सचिव मोदराज घिमिरे,नागेस कोइराला,प्रदेशसभा कांग्रेस संसदिय दलका प्रमुख सचेतक सुयर्माराज राई,नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलावल्लभ घिमिरे,सुन्दरहरैँचा नगरपालिकाका मेयर शिव ढकाल,कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, राजकुमार लिम्बु,कांग्रेस बेलबारीका सभापति छत्र लिम्बु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।