झापामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ लभडाँडामा प्रदेश १–०२–०४१ प २००० नम्बरको मोटरसाइकल गएराति पौने १ बजे अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय डिल्लीराम शाहीको मृत्यु भएको हो । शाहीको दमक अस्पतालमा उपचारको क्रममा राति पौने २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २५ वर्षीय रुपम तामाङ घाइते भएका छन् ।