लागूऔषध सहित बिराटनगरबाट २ जना पक्राउ

मोरङ ।
विराटनगरको सिमा क्षेत्रबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका १ का २२ बर्षीय रमेश भट्टराई र धरान उपमहानगरपालिका १३ का प्रदिप लिम्बु रहेका छन् ।

सिमा प्रहरी चौकी रानीबाट खटीएको प्रहरी टोलीले भट्टराईलाई लुपिजेसिक १६ एम्पुल, फेनारगन ३ एम्पुल, डाईजाल्याब १६ एम्पुल, एभिल १६ एम्पुल, नाईट्रोभेट १० ट्याप्लेट सहित पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई एभिल ३३ एम्पुल, डाईजाल्याब ३३ एम्पुल , लुपिजेसिक ३३ एम्पुल, फेरागन ३२ एम्पुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।