थप चार सय ४० जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा थप चार सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार आठ सय १४ जनाको नमुना परीक्षण गर्दा चार सय ४० जना अर्थात ६ दशमलव ४५ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।

यही अवधिमा चार सय ७४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार सात सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ६० पुगेको छ ।

अहिले नेपालमा सात हजार पाँच सय १९ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।