मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने बताएका छन । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक ३० गते दिउँसो साढे १२ बजेका लागि बोलाइएको छ । सोही बैठकबाट विश्वासको मत लिने मुख्यमन्त्री राईले बताए ।
प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले यसअघि कात्तिक २३ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । मुख्यमन्त्री राईले २३ गते नै विश्वासको मत लिने बताएका थिए । तर प्रदेशसभा बैठक ३० गतेसम्मका लागि स्थगित गरिएपछि सोही दिन विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री राईले बताएका छन् ।