प्रदेश–१ को प्रदेश प्रमुखमा परशुराम खापुङ नियुक्त

प्रदेश–१ को प्रदेश प्रमुखमा परशुराम खापुङ नियुक्त भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी हुन ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश–१ को प्रदेश प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेकी हुन् ।