क्यान्सर पिडित गुरुङको उपचारका लागि ढुकुरे युवा परिवारको १ लाख २४ हजार सहयोग

बेलबारी ।
क्यान्सरका विरामी बेलबारी नगरपालिका वडा नं. १ का विकास गुरुङको उपचार सहयोगार्थ ढुकुरे युवा परिवारले देउसी भैलो कार्यक्रम सञ्चालन गरी त्यसबाट संकलित रकम हस्तान्तरण गरेको छ । ढुकुरे युवा समुहले १ लाख २४ हजार ८ सय ५० रुपैयाँ मंगलबार विकासको उपचारका लागि हस्तान्तरण गरेको हो ।

विकास गुरुङ बचाउ अभियान नामदिएर सो सुमहले तिहारमा देउसी भैलो सांस्कृतिक कार्यक्रम गरी सो रकम संकलन गरेको थियो । सो रकम विकासका परिवारका तर्फबाट सुदिप राई र कोशी नेपाल मिडियाका अध्यक्ष अर्जुन कुलुङ राईले ग्रहण गरेका थिए ।
कार्यक्रमका संयोजक सुमन धिमालका अनुसार स्थानीय सांगितीक समूहको सहयोगमा बेलबारीको विभिन्न ठाउँमा देउसीभैलो सहितको सांगितिक कार्यक्रमहरु गरिएका थियो । ।सांगेतिक समूहमा विकास लिम्बु, समीर दुमी राई, सुरज गुरुङ, रोहन मास्के, सन्देश लाखे, सञ्जय लामिछाने गुरुङ, संजित राई, दीपेन्द्र धिमाल, साहिल राई, कुशल कार्की, करण गुरुङ, सानु धिमालको सहभागिता रहेको कार्यक्रमका व्यवस्थापक दुर्गा गुरुङले जनाएका छन् ।




Leave a Reply

Your email address will not be published.