विराटनगर कारागारमा झडप, ६ घाइते

बिराटनगर ।
मोरङको विराटनगर कारागारमा कैदीबीच झडप भएको छ । झडपमा ६ जना कैदीबन्दी घाइते भएका छन् ।

मङ्गलवार बिहान खाना खाने समयमा भएको झडपमा चौकीदार किरण गुरुङसहित शेखर राई, निर्मल ढकाल, विशाल मोक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएका कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
घाइते कैदीको कोशी अस्पतालमा उपचार भइरहेको छ ।

कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोग्दै आएका गुरुङले आफूहरूलाई यातना दिने गरेका कैदीबन्दीको आरोप छ ।