लागुऔषध ट्याब्लेट सहित बिराटनगरबाट १ पक्राउ

मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१६ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो ३ बजेको समयमा भारतिय बजार जोगवनीबाट नेपाल तर्फ आउँदै गरेका मादी गाउँपालिका–९ संखुवासभाका ३९ बर्षीय राजु गुरुङलाई चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक ४० एम्पुल, फेनारगन ४० एम्पुल, डाईजाल्याब ४० एम्पुल र एभिल ४१ एम्पुल बरामद भएको थियो ।

लागुऔषध सहित पक्राउ परेका गुरुङको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।