खुम्बु क्षेत्रमा बेपत्ता ३ फ्रान्सेलीको शव फेला

सोलुखुम्बुको खुम्बु क्षेत्रको हिमाल आरोहणका क्रममा बेपत्ता भएका तीन जना फ्रान्सेली नागरिकको शव भेटिएको छ ।
नेशनल नेपाल माउन्टेन गाइडको टोलीले माउन्ट खाङतेका हिमालमै हिउँको खोचमा थोमस, गाब्रियल र लुइस नाम गरेका फ्रान्सेली नागरिकको शव फेला पारेको सोलुखुम्बुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ऋषिराज ढकालले जानकारी दिनुभयो ।

नेशनल नेपाल माउन्टेन गाइडको टोलीले ती फ्रान्सेली नागरिकको शव फेला पारे पनि उद्धार भने आजदेखि खटिएका तालिम प्राप्त फ्रान्सेली नागरिकको टोलीले गरेको हो ।
माउन्ट खाङतेका हिमाल आरोहणका लागि गएका तीन जना फ्रान्सेली नागरिक गएको कात्तिक ९ गतेदेखि बेपत्ता भएका थिए ।