सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने फैसला सेटिङमा गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । सोमबार विराटनगरमा आयोजित पार्टी कार्यक्रममा उनले सर्वोच्च अदालतले सेटिङ मिलाएर अन्यायपूर्ण, असंवैधाानिक र अलोकतान्त्रिक फैसला गरेको जिकिर गरेका हुन् ।
‘‘यो कसरी गरिएको भन्ने उहाँहरु (न्यायाधीशहरु) अहिले भन्दै हुनुहुन्छ । सेटिङ रहेछ । कसका कल्लाई मन्त्री बनाइदिने, कसका कल्लाई राजदूत बनाइदिने, कसका कल्लाई कहाँ के दिने । यो त देखिएको कुरा नदेखिएको के के लेनदेन भयो‘अझै खुल्न बाँकी होला’ उनले भने ।
प्रधानमन्त्री ओलीले न्यायालयले नै आफ्नो मर्यादा नराखेको बताए । ‘हामीले फैसला मानिदिएर मात्र हुँदैन इज्जत बढ्ने गरी फैसला गर्नुपर्छ’ उनले भने ।
संसद विघटन बदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिँदा सर्वोच्च अदालतले राष्ट्रपतिको अधिकार प्रयोग गरेको ओलीले बताए । उनले उक्त फैसला संविधान विपरीत भएको पनि जिकिर गरे ।