ओखलढुङ्गामा रुखबाट लडेर एकको मृत्यु

ओखलढुङ्गा ।
ओखलढुङगा मोलुङ गाऊपालिका ७ पात्ले खानिचौरका २२ बर्षीय निमा शेर्पाको रुखबाट लडेर मृत्यु भएको छ ।
आइतबार दिउसो ११ बजे घरबाट अन्दाजी ५०० मिटर पश्चिममा रहेको खस्रु जातको रुखमा घास काट्न चढेका शेर्पा रुखबाट झेरका थिए । रुखबाट झरेका उनको घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी चौकी श्रीचौर र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।