कोरोना सङ्क्रमणबाट थप पाँचको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर कोरोना सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ५३ पुगेको छ ।

थप तीन सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार २६ जनाको नमुना परीक्षण गर्दा सात दशमलव ७५ प्रतिशत अर्थात् तीन सय ९० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १४ हजार नौ सय २९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार आठ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै २४ घण्टामा चार सय २५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९५ हजार आठ सय २२ पुगेको छ ।