सुनसरीमा पोखरीमा डुबेर बालकको मृत्यु

सुनसरी ।
सुनसरी ईटहरी उपमहानगरपालिका ४ बस्ने बलिन्द्र अधिकारीको ४ बर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

आइतबार बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबेर घाईते भएका दर्पणको घोपा धरानमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।