बसको ठक्करबाट सुनसरीमा २ को मृत्यु

सुनसरी ।
सुनसरी कोशी गाऊपालिका ८ भण्टाबारी चोक स्थित पुर्व–पश्चिम राजमार्गमा आइतबार बिहान १० बजे बसको ठक्करबाट घाईते भएका २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका ३० बर्षीय अल्ताप मिया र पछाडी सवार ३० बर्षीय गियासुदिन मिया रहेका छन् ।

उनिहरुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे ११ बजे मृत्यु भएको थियो । पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र १–०१–००१ ख ३५३० नम्बरको बसले बिपरित दिसा तर्फबाट आउदै गरेको प्र.२–०१–००१प ०७६३ मोटरसाईकललाई ठक्कर दिई दुर्घटना भएको थियो ।
बस र बस चालक झापा कनकाई नगरपालिका ३ सुरुङ्गा का ५५ बर्षीय पुष्प अधिकारी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।