प्रदेश १ मा आज ४७ कोरोना संक्रमणमुक्त

प्रदेश १ मा आज ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५ महिला र २२ पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४ हजार ९१९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण भएको छ । ११३ जनाको पीसीआर परीक्षण गर्दा ६ र ३४ जनाको एन्टिजेन परीक्षणगर्दा २ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा ३, झापाको भद्रपुर र कमल गाउँपालिकामा १–१ र सुनसरीको इटहरीमा १ जनामा संक्रमण भएको हो । हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ७ हजार १८४ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेका छन् । कोरोना संक्रमणका कारण प्रदेश १ मा हालसम्म २ हजार १४७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।