ग्रामथान २ मा मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु

मोरङ ।
मोरङ ग्रामथान गाउँपालिका २ झङ्ग्राही स्थित सुखानी खोलाकोपुलबाट मोटरसाईकल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक कटहरी गाऊपालिका ५ का २१ बर्षीय आशिष सरदार रहेका छन् ।

आज बिहान ७ बजे पुर्व तर्फ जादै गरेको को १२ प १६७० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खस्दा सरदारको घटनास्थलमानै मृत्यु भएको हो । घटनको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।