शनिबार बेलुका भएको सवारी दुर्घटनाबाट ७ जनाको मृत्यु, ७ जना घाईते

विराटनगर ।
शनिबार बेलुका मोरङ, झापा र उदयपुरमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाईते भएका छन् ।

हिजो बेलुका ६ बजे मोरङको केराबारी गाऊपालिका ९ बेलचौरी स्थितमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको बा.१० च.४३०० नम्बरको स्कारपियो एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल सवार तिन जना मध्ये दुईजनाको घटनास्थलमानै र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा चालक लेटाङ नगरपालिका २ का ३० बर्षीय कमल कार्की र पछाडी सवार पथरीशनिश्चरे नगरपालिकाका ५५ बर्षीय तिलक बहादुर सुबेदीको रहेका छन । पछाडी सवार लेटाङ नगरपालिका २ कि ४५ बर्षीया सिता कार्कीको घोपा धरानमा उपचारको क्रममा बेलुका सँवा ७ बजे मृत्यु भएको हो । गाडी र गाडी चालक लेटाङ नगरपालिका २ का ४७ बर्षीय पुष्प बहादुर मगरलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

यस्तै, हिजो बेलुका पौने ६ बजे मोरङ रंगेली नगरपालिका ६ टकुवा–पिपल चौक भित्री सडक खण्डमा साईकल यात्री मोरङ सुनवर्षी नगरपालिका ६ पटियापाडा का ३० बर्षीय सत्रुघन साहको साईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भई उपचारको लागी रंगेली अस्पताल लाने क्रममा मृत्यु भएको छ ।

यस्तै, हिजो बेलुका ६ बजे उदयपुरको त्रियुगा नगरपालिका ११ मेन चोक स्थितमा पुर्व तर्फ जादै गरेको स १ ह १६२० नम्बरको अटो र पिपलचोकबाट पुर्व तर्फ जादै गरेको को १९ प ९६४६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार त्रियुगा नगरपालिका ११ का ८५ बर्षीय कुल प्रसाद भण्डारी रहेका छन् । उनको न्युरो बिराटनगरमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको हो । मोटरसाईकल चालक सप्तरी कंचनपुर नगरपालिका १२ का ५२ बर्षीय कमल प्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका ७ का ४२ बर्षीय नर बहादुर कार्की सामान्य घाईते भएका छन् । उनिहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।

यस्तै, हिजो बेलुका ६ बजे झापाको बिर्तामोड नगरपालिका ६ गिरीबन्दु टि स्टेट अगाडि पुर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको रातो रंगको २२० सिसि पल्सर मोटरसाईकल र बिपरित दिशा तर्फ जादै गरेको प्र १–०१–०१४ प ६००७ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना स्कुटीमा सवार स्कुटी चालक मेची नगरपालिका १० का ४२ बर्षीय डिल्ली कार्की, पछाडी सवार उनका छोरा १६ बर्षीय मनिस कार्की र अर्को मोटरसाईकल पछाडी सवार झापा हल्दिबारी गाऊपालिका २ का २१ बर्षीय पिजेश लामा घाईते भई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड लगिएको थियो । घाईते मध्ये स्कुटी पछाडी सवार रहेका मनिसको राती ९ बजे उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा सम्लग्न रहेको अर्को मोटरसाईकल चालक झापा हल्दिबारी गाऊपालिका २ का २५ बर्षीय उमेश लामा मोटरसाईकल सहित फरार रहेकाले खोज तलास भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै हिजो राती साढे ११ बजे झापा मेचिनगर नगरपालिका १३ तेलिबारी स्थित पुर्व–पश्चिम राजमार्गमा पुर्व तर्फ जादै गरेको प्रदेश–१–०४–०१४प.३३४५ नम्बरको मोटरसाईकल र सोही दिशा तर्फ जादै गरेको प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाईते भएका थिए । घाईते हुनेहरुमा ३३४५ नम्बरको मोटरसाईकल चालक झापा मेचिनगर नगरपालिका ८ का २१बर्षीय अनिष गिरी, पछाडि सवार सोही स्थानका १८ बर्षीय अभिषेक श्रेष्ठ, ३९९५ नम्बरको मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ बर्षीय निकेश शिवकोटी र पछाडी सवार झापा मेचीनगर नगरपालिका ८ का २१ बर्षीय प्रबिण मेचे रहेका छन् । घाईते मध्ये अभिषेक श्रेष्ठका बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको छ भने बाकी ३ जना घाईतेहरुको सोही अस्पतालमानै उपचार भईरहेको प्रहरीले जनाएको छ ।