बेलबारी ९ मा लडेर एक जनाको मृत्यु

बेलबारी ।
मोरङको बेलबारी नगरपालिका ९ का ७२ बर्षीय हर्क बहादुर राईको लडेर मृत्यु भएको छ । डागाबजार चौकमा रहेको काठको फलैचाबाट लडेर राईको घटनास्थलमानै मृत्यु भएको हो ।

उनलाई प्रेसरको बिरामी भएको आफन्तबाट बुझिएको छ । घटनाको समबन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।