सुनसरीमा साईकलबाट लडेर एकको मृत्यु

सुनसरी ।
सुनसरी कोशी गाऊपालिका १ राजापोखरी स्थित पुर्व–पश्चिम राजमार्गमा साईकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका ८ का ५९ बर्षीय सत्य नारायण साह रहेका छन् ।

आफैले चलाएको साईकलबाट लडेर घाईते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।