करेन्ट लागेर उर्लाबारीमा एक जनाको मृत्यु

मोरङ ।
मोरङ उर्लाबारी नगरपालिका ७ कुलुङ चोकका ७२ बर्षीय रघुनाथ खतिवडाको करेन्ट लागेर मृत्यु भएको छ ।
कलको मोटर खोली कल चलाउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।