देशभर थप एक सय ४३ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा देशभर थप एक सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार तीन सय ३३ जनाको नमुना परीक्षण गर्दा ६ दशमलव १२ अर्थात् एक सय ४३ जनामा सङ्क्रमण देखिएको हो ।

आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १४ हजार पाँच सय ५८ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार आठ सय १७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप पाँच सय ६३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार सात सय १३ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा तल झरेको यो पहिलो पटक हो । नेपालमा अहिलेसम्म सात लाख ९५ हजार तीन सय ९७ जना कोरोनाबाट निको भएका छन् ।
यही अवधिमा नौ जना सङ्क्रमितको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ४८ पुगेको छ ।