बिराटनगरबाट लागूऔषध सहित २ जना पक्राउ

मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका १ का ३१ बर्षीय तिर्थ राई र मोरङ बिराटनगर ११ का २२ बर्षीय पिन्टु कामत रहेका छन् ।

बुधबार बेलुका ६ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध एभिल ९ एम्पुल, डाईजाल्याप ९ एम्पुल, फेनारगन ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।