ब्राउन सुगर सहित झापाबाट एक जना पक्राउ

झापा ।
झापा मेचिनगर नगरपालिका १० खयरडागी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४१ बर्षीय रबि झा रहेका छन् ।

बुधबार दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ७०० मिलि ग्राम र नगद रु.१० हजार ८ सय ३० रुपैया सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।