इन्द्रपुर जेसीज सप्ताहः स्लो बाइक रेसमा रोशन पुरी पहिलो

विराटचोकः इन्द्रपुर जेसीजले बुधबार बिहान स्लो बाइक रेस प्रतियोगिता सम्पन्न गरेको छ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ हरैंचामोडमा प्रतियोगिता सम्पन्न भएको हो । सो प्रतियोगितामा एक महिलासहित ४० जनाले भाग लिएका थिए ।

सहभागीमध्ये रोशन पुरी पहिलो भए । यस्तै, निर्मल अधिकारी र राजन अधिकारी दोस्रो भए भने नगेन्द्र लिम्बूले तेस्रो स्थान प्राप्त गरे । कार्यक्रम संयोजक मिलन अधिकारीका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई हेल्मेट तथा दोस्रो र तेस्रो हुनेलाई मोबिल प्रदान गरिएको थियो ।

इन्द्रपुर जेसीजका अध्यक्ष भुवन ढकालका अनुसार कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल प्रमुख अतिथि रहेका थिए । ढकालले खेल क्षेत्र युवाको चाहना, अपेक्षा र रुचिको विषय भएको र जेसीजले यस्तो प्रतियोगिता आयोजना गर्नुले युवाहरु उत्साहित भएको बताए । ढकालले खेल क्षेत्रमा नगरपालिकाले सबै युवालाई समेट्ने गरी काम गरिरहेको समेत जनाए ।

जेसीज सप्ताह मंसिर ७ गते सम्पन्न हुनेछ ।