विराटनगर आएर काङ्ग्रेस महामन्त्री शशांक कोइरालाले भने, ‘नेपाली भूभाग एक इन्च पनि छाडिन्न’

विराटनगरः नेपाली भूमि भारतले अतिक्रमण गरिरहेको सम्बन्धमा सोधिएको प्रश्नमा नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक मात्रै होइन नेपाली भूमि एक इन्च पनि नछाडिने बताए ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाएकोमा काङ्ग्रेसको समर्थन रहेको उनले जनाए ।




Leave a Reply

Your email address will not be published.