सुन्दरहरैचामा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ ।
मोरङ सुन्दरहरैचा नगरपालिका २ करैवनाका ३८ बर्षीय अमर राईको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधबार दिउसो साढे ३ बजे सोही स्थान गोलापरासी बस्ने रेणुका लिम्बुको घरमा ढलानको काम गर्ने सिलसिलामा करेन्ट लागि बेहोस भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको थियो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।