प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २३० जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा १०, इलाममा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।
झापाको दमकमा ६, विर्तामोडमा ५, भद्रपुर, कनकाई, शिवसताक्षी र बुद्धशान्तिमा २–२, गौरादह, अर्जुनधारा, बाहृदशी र कमल र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा १२, उर्लाबारीमा २, बुढीगंगा र सुन्दरहरैचामा १–१, सुनसरीको इटहरीमा ५, इनरुवामा ३, रामधुनी र धरानमा १–१, इलामको चुलाचुलीमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३३ महिला र ३४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।