नौ हजार एक सय ७४ जना सक्रिय सङ्क्रमित

पछिल्लो २४ घण्टामा नेपालमा ११ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय २७ पुगेको छ ।

२४ घण्टामा १० हजार दुई सय ८७ जनाको नमुना परीक्षण गर्दा चार दशमलव ५५ प्रतिशत अर्थात् चार सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप पाँच सय ५५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९२ हजार आठ सय ३२ पुगेको छ ।
अहिले नौ हजार एक सय ७४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।