नवनियुक्त मुख्यमन्त्री राईले लिए पद तथा गोपनीयताको सपथ

विराटनगर ।
नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री राईले सानो मन्त्रिमण्डल आजै विस्तार गरेका छन ।
नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फले सामाजिक विकास राज्यमन्त्रीको शपथ लिएका छन् ।