तेह्रथुममा ट्रक दुर्घटना १ को मृत्यु, १ घाईते

तेह्रथुम ।
तेह्रथुमको फेदाप गाउँपालिका–२ भित्री सडक खण्डमा मंगलबार बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ । सह–चालक घाईते भएका छन् ।

बिहान राती साँढे १ बजेको समयमा ओसीडाँडा देखी सदरमकुकाम म्याङलुङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २७७० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा ट्रक चालक काभ्रेपलान्चोकका २७ बर्षीय रोहित अधिकारी र सह–चालक २४ बर्षीय सुदिप राई घाईते भएका थिए ।
घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल म्याङलुङ पठाईएकोमा उपचारको क्रममा चालक अधिकारीको मृत्यु भएको तथा सह–चालकको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।