प्रदेश नं १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

बिराटनगर ।
प्रदेश नं १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री पदमा नेकपा (एकीकृत समाजवादी) को प्रदेश संसदीय दलका नेता राईलाई नियुक्त गरेका हुन ।

यसअघि हिजो प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामासँगै गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष दाबी पेस गरेका थिए ।

मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएका राईको पक्षमा ५० जना सांसदले हस्ताक्षर गरेका थिए ।