बिराटनगरबाट चाँदी सहित एक पक्राउ

मोरङ ।
मोरङ बिराटनगर महानगरपालिका १५ स्थित रानीको १ नम्बर ढाटबाट चाँदी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका ५ का २६ बर्षीय रबिन ठाकुर रहेका छन् ।

आइतबार बेलुका ६ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई बिना बिलको ५६० ग्राम चाँदीका गरगहना सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।