करेन्ट लागेर उदयपुरमा एक जनाको मृत्यु

उदयपुर ।
उदयपुरको रौतामाई गाऊपालिका ८ खमारेका ४१ बर्षीय डम्बर बहादुर मर्स्याग्री मगरको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार बिहान साढे ९ बजे घर नजिकै बाँस काट्ने क्रममा अचानक बिद्युतको मेन लाईनको तारमा बासले छुन गई करेन्ट लाग्दा मगरको घट्नास्थमै मृत्यु भएको थियो ।
घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।