प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दावी

प्रदेश नम्बर १ मा गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष दाबी पेस गरेका छन् ।
मुख्यमन्त्री भीम आचार्यको राजीनामासँगै नयाँ मुख्यमन्त्रिमा गठबन्धनको तर्फबाट राईलाई अघि सारिएको हो ।

प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै आउँदो मङ्गलवार २३ गते दिउँसो २ बजेका लागि शपथ ग्रहणको समयसमेत तोक्नुभएको छ ।
मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएका राईको पक्षमा ५० जना सांसदले हस्ताक्षर गरेका छन् । प्रदेश १ प्रदेश सभाको अर्को बैठक आउँदो २३ गते मङ्गलवारका लागि बोलाइएको छ ।