प्रदेश १ मा नयाँ सरकार गठनका लागि आह्वान

बिराटनगर ।
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । सोमबार मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै उनले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख प्यासीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् ।