आज पनि बढ्यो सुनचाँदीको भाउ

विराटचोकः आज पनि नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँ, तेजाबी सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँ र असली चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरुहेको महासङ्घले जनाएको छ ।